३० असार २०८३, मंगलबार

उद्योग वाणिज्य सङ्घ चितवनले गर्यो कर वृद्धिको समर्थन

उद्योग वाणिज्य सङ्घ चितवनले गर्यो कर वृद्धिको समर्थन

चितवन– उद्योग वाणिज्य सङ्घ चितवनले भरतपुर महानगरपालिकाले गरेको कर वृद्धिको समर्थन गरेको छ । 

देशका विभिन्न ठाउँमा स्थानीय तहमा भएको कर वृद्धिको विरोध भइरहँदा यहाँको महानगरपालिकाले गरेको कर वृद्धि समृद्ध महानगरका लागि भन्दै सङ्घले टीका टिप्पणी नगर्न आग्रह गरेको हो । 

सङ्घले जारी गरेको विज्ञप्तिमा समृद्ध महानगरका लागि कर उद्योग वाणिज्य सङ्घ चितवनको सदैव चाहना भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “समुचित प्रयोग सम्बन्धमा हामी सदैव सचेत छौँ ।” 

यसअघि महानगरले बढाएको करका सम्बन्धमा उद्योग वाणिज्य सङ्घले व्यवसायी, उद्योगी र विभिन्न वस्तुगत सङ्घसँग व्यापक छलफल र गृहकार्यपश्चात् श्रेणी समायोजन गरी कार्यान्वयनका लागि महानगरमा पठाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सबैको समन्वयमा गरिएको कामप्रति अनभिज्ञताका कारण सामाजिक सञ्जालमार्फत व्यक्तिगत टीकाटिप्पणी भएको भन्दै त्यसो नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरिएको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानद्वारा जारी विज्ञप्तिमा सङ्कलित कर व्यवसाय प्रवद्र्धन र व्यवसायमैत्री वातावरण निर्माणमा खर्च गर्नुपर्ने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्