०२ असार २०८३, मंगलबार

तीन महिलाको शृङ्खलावद्ध हत्या प्रकरण : कारवाही गर्न माग

तीन महिलाको शृङ्खलावद्ध हत्या प्रकरण : कारवाही गर्न माग

खोटाङ- खोटाङका तीन महिलाको शृङ्खलावद्ध हत्या भएको लामो समय बित्दा समेत हत्यारा पत्ता नलागेका बारेमा गृहमन्त्री रामबहादुर थापालाई भेटेर जानकारी गराइएको छ । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवान किरातीको नेतृत्वमा गएको टोलीले आज गृहमन्त्रीलाई उहाँको निवासमा भेटी तत्काल हत्यारा पत्ता लगाएर कारवाही गर्न माग ग¥यो । खोटाङका नेताहरुसँगको भेटमा गृहमन्त्रीले चाँडै परिणाम आउने गरी आफूले कारवाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभएको नेता किरातीले जानकारी दिनुभयो । 
विसं २०७३ माघ २६ गते वीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्माको हत्ताको घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लागेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्