२० असार २०८३, शनिबार

आमाको जन्मदिन भब्यरुपमा मनाउन जुटे पूर्वराजा ज्ञानेन्द्र

आमाको जन्मदिन भब्यरुपमा मनाउन जुटे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं–आज सोमबारबाट ९० वर्ष पूरागरेकी पूर्ववडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९१औ जन्मोत्सव भव्य हुने भएको छ । दरबार हत्याकाण्ड भएको १७ वर्षपछि भब्य रुपमा मनाउन लागिएको यो पहिलोपटक हो ।

पूर्वराजा ज्ञानेन्द्रले आमाको ९१औ जन्मजयन्ती भब्य रुपमा मनाउने तयारी गरेका हुन् ।  करिब दुई साता लामो थाइल्याण्ड बसाइपछि यही १ गते नेपाल फर्किएका ज्ञानेन्द्रले आमा रत्न ९० वर्ष पूरा गरेको उपलक्ष्यमा उनको जन्मदिनलाई भब्य रुपमा मनाउन लागेका हुन् । 
 जन्मोत्सवमा पूर्वराजाका आफन्त सबै सहभागी हुनेछन् । साझ ५ बजेदेखि आयोजना हुने कार्यक्रममा करिब ४ सयको हाराहारीमा आफन्त उपस्थित हुने निर्मल निवासले जनाएको छ ।

जन्मदिनलाई भब्य बनाउन पूर्वराजा ज्ञानेन्द्र आफैं खटिएका छन् । आजको नेपाल समाचारमपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्