२९ असार २०८३, सोमबार

के भयो कप्तान पारस खड्का लाई ? दिल्ली टुर नजाने

कात्तिक २०, २०७४
के भयो कप्तान पारस खड्का लाई ?  दिल्ली टुर नजाने
काठमाडौं, ८ फागुन - एपेन्डिक्स भएर धापासी स्थित ग्रान्डी अस्पताल भर्ना भएका नेपाली क्रिकेट टिमका कप्ता पारस खड्का आज डिस्चार्ज भएका छन् । उनी आन्द्रामा भएको एपेन्डिक्सको सफल शल्यक्रिया गराएर डिस्चार्ज भएका हुन् ।
साथै उनको पेटमा खुचमुचिएको आन्द्रा पनि मिलाइएको छ । उनी शुक्रवार अस्पताल भर्ना भएका थिए ।
पेटमा सानो प्वाल पारेर उनको शल्यक्रिया गरिएकोले उनी तत्कालै मैदान फर्किने छन् । तर डाक्टरहरुले उनलाई कम्तिमा एक हप्ता आराम गर्न भनेका छन् ।
डाक्टरले एक साता आराम गर्नु भनेकै कारण उनी दिल्ली टुर नजाने भएका छन् ।
फागुन २८ र ३० गते विश्व च्याम्पियनसिप लिग खेल्ने तयारीमा रहेको नेपाली टोली शुक्रवार दिल्ली जाने तयारीमा छ ।
तर पारस भने नजाने भएका हुन् । उनलाई यस अघि पनि पेट सम्बन्धी समस्या देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्