२२ असार २०८३, सोमबार

तालिबानले आक्रमण गरेर १०० भन्दा बढी व्यक्तिलाई बनाए बन्धक

तालिबानले आक्रमण गरेर १०० भन्दा बढी व्यक्तिलाई बनाए बन्धक

काठमाडौं – सयजनाभन्दा बढी व्यक्तिलाई तालिबानी लडाकूहरूले उत्तरी अफगानिस्तानमा तीन बसमा एम्बुश थापेर अपहरण गरेका छन् । 

कुन्दुज क्षेत्रनजिक पठाइएका सुरक्षाफौज लडाकूहरूसँग ठूलो भिडन्त गरिरहेको बताइएको छ । 

सरकारले सशर्त युद्धविराम गरेको एक दिनपछि यो आक्रमण भएको हो । 

राष्ट्रपति अशरफ गानीले युद्धविराम तालिबानले स्वीकार गरेमा सोमवारदेखि लागू हुने बताए तर लडाकूहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्