१९ असार २०८३, शुक्रबार

बालकलार्इ अपहरण गरी मोटरसाइकलमा लैजाँदै गर्दा प्रहरीको फन्दामा

बालकलार्इ अपहरण गरी मोटरसाइकलमा लैजाँदै गर्दा प्रहरीको फन्दामा

धनगढी-कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ बाट अपहरणमा परेका पाँच वर्षका छेमाङ चौधरीको प्रहरीले सकुशल उद्धार गरेको छ । साेमबार बिहान करीब ८ बजे कैलारी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयको परिसरबाट अपहरणमा परेका बालक चौधरीलाई सोही जिल्लाको भालुवाङबाट साँझ सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । 

अपहरणमा संलग्न कैलालीको गोदावरी नगरपालिका लालपुर गाउँका बिर्जु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । अपहरणकारी चौधरीले बालककी आमा बिना चौधरीलाई घटनापछि गरेको फोनका आधारमा दाङ जिल्ला प्रहरी कार्यालयको सहयोगमा अपहरणकारीको खोजी गरी बालकको उद्धार गरिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

बालकलाई अपहरण गरी मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा अपहरणकारी चौधरी प्रहरीको फन्दामा परेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्