
काठमाडौं – आमा बन्नु प्रत्येक महिलाको जिन्दगीको महत्त्वपूर्ण अनुभव हो । अमेरिकाकी एक महिलाले आमा बनेपछि अचम्मलाग्दा तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिन् ।
केट नामक ती महिलाले जुम्ल्याहा बच्चा लगाउन लागेकी थिइन् । केट र उनको परिवार अत्यन्त खुशी थिए तर चिकित्सकहरूले नराम्रो खबर सुनाए ।
केटको पेटमा दुवै शिशुको गर्भनाल नराम्ररी अल्झिएको चिकित्सकले बताए । यस्तो हुँदा शिशु बाँच्न गाह्रो हुन्छ । यो सुनेपछि केट हताश भएकी थिइन् तर फेरि चमत्कार भयो ।
केटले ३२औं हप्तामा दुई स्वस्थ बच्ची जन्माइन् । अपरेसनपछि चिकित्सकहरू पनि छक्क परे । यसरी गर्भनाल बेरिएका बच्चा बाँच्न प्रायः असम्भव नै हुन्छ ।
यसरी गर्भनाल बेरिएका जुम्ल्याहालाई मोनोएम्नियोटिक भनिन्छ । 
केटले भनिन्, ‘म आफूलाई भाग्यमानी सम्झन्छु । अनेक समस्या हुँदा पनि मेरा दुवै छोरीहरू स्वस्थ छन् । शुरूमा दुवै बच्चीको तौल एकदमै कम थियो ः एकको १.८ किलो र अर्कोको १.३ किलो तौल थियो । हामीले दुवैलाई एकदमै
धेरै स्याहार्यौं र अब दुवैजना स्वस्थ छन् ।
एजेन्सी