
कल्याणकारी योजनाका नाममा नेपाली सेनाले नाफामूलक व्यापार–व्यवसायमा लगानी बढाउन लागेको छ । नाफामूलक व्यापार–व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषको रकम व्यापारिक प्रयोजनमा विस्तार गर्न लागेको हो ।
राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले सैनिक कल्याणकारी कार्यक्रमअन्तर्गत जग्गा प्लटिङ-हाउजिङ निर्माण, सपिङ कम्प्लेक्स, इन्धनको ढुवानी-आपूर्ति तथा बिक्रीवितरण, जलविद्युत् आयोजनामा कर्जा प्रवाह, तयारी पोशाक उत्पादनलगायतमा लगानी विस्तार गर्न लागिएको जनाएको छ । काराेबार दैनिकमा खबर छ।