
काठमाडौं –आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९बिमस्टेक० का लागि सरकारले तीव्ररुपमा तयारी गरिरहेको छ ।
सडक कालोपत्रे, रंगरोगन, भत्केका सडक मर्मतसम्भार गर्ने कार्य तीव्र बनाएको हो । काठमाडौं उपत्यकाका वानेश्वर, रत्नपार्क, तिनकुने, गौशाल, जमल, लैनचौर लगायतका सबै सडक रंगरोगन तथा मर्मतसम्भार गरेको हो ।
बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायतका ७ वटा देशका राष्ट्र प्रमुख काठमाडौं आउने छन् । सरकारले पाहुनाको स्वागतका लागि काठमाडौंका विभिन्न क्षेत्रलाई सुन्दर देखाउन हतारहतारमा काम गरिरहेको छ ।
हेरौं फोटोफिचर















