२१ असार २०८३, आइतबार

संसदमा प्रतिपक्षी सांसदको प्रश्न : निरु पाललाई पेस्तोल ताकेको केस कहाँ पुग्यो ?

संसदमा प्रतिपक्षी सांसदको प्रश्न : निरु पाललाई पेस्तोल ताकेको केस कहाँ पुग्यो ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपाी)की सांसद निरुदेवी पाललाई पेस्तोल ताकेर धम्काइएको घटनाको अनुसन्धान कहाँ पुग्यो भनी सरकारको जवाफ माग गरेका छन् । 

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले आफ्नै सांसदलाई समेत सुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । कांग्रेस सांसद राजेन्द्र केसीले प्रधानन्यायाधीशको सुनुवाइको पूर्वसन्ध्यामा सांसदलाई धम्काइएको घटनाको आफ्नै महत्व रहेको बताए । 

‘केहीदिन अगाडि माननीय निरुदेवी पालले आफू असुरक्षित रहेको जानकारी सदन समक्ष राख्नुभयो । उहाँलाई एउटा समूहले धम्कायो र मोवाइल पनि लुट्यो भन्ने कुरा आयो । यो कुरा कहाँ गएको छ ? एउटा माननीय समेत असुरक्षित भएको अबस्थामा सरकार के गर्दै छ ? त्यसको जानकारी चाहियो सभामुख महोदय,’  कांग्रेस सांसद केसीले सदनमा भने, ‘यो घटना प्रधानन्यायाधीशको सुनुवाइएको पूर्वसन्ध्यामा भएकोले आफ्नै महत्व राखेको छ ।’

कांग्रेसकै रामबहादुर विष्टले पनि सांस्द निरु पालमाथि सांघातीक आक्रमण गर्ने प्रयास भएको सम्बन्धमा बाहिर के आयो भनी सरकारसँग प्रश्न गरे । यसअघि सर्वोच्चको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाइको क्रममा सांसद पालमाथि धम्की दिएको समाचार प्रकाशमा आएको थियो । 

३३ किलो सुन कहाँ छ ?

पूर्वमन्त्री समेत रहेका सांसद केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरिएको ३३ किलो सुन कहाँ छ भनि सरकारसंग प्रश्न गरे । 

‘३३ किलो सुन काण्डले राम्रै चर्चा पाएको छ, सुन कहाँ छ ? भनिन्छ, न्याय पाउन प्रमाण चाहिन्छ, अहिले सुन लुकाएर प्रमाण लुकाउने काम भएको छ । सरकारले पहिला सुन देखाइदिनु पर्यो,’ सांसद केसीले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्