०३ असार २०८३, बुधबार

हतियार कम्पनी कालाश्निकोभले बनायो विद्युतीय कार, टेस्लालाई चुनौती

हतियार कम्पनी कालाश्निकोभले बनायो विद्युतीय कार, टेस्लालाई चुनौती

काठमाडौं — हतियार बनाउने रुसको सबभन्दा ठूलो कम्पनी कालाश्निकोभले बिहीवार नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ । 

एके–४७ बन्दुक बनाउने यो कम्पनीको कार नयाँ प्रविधियुक्त हुनेछ र यसले एलन मस्कको टेस्ला कारलाई कडा चुनौती दिनेछ । 

नीलो रंगको यो कारको लूक पुरानो खालको छ । यसको नाम सीभी–१ राखिएको छ । सन् १९७० ताका चलेको इझ–कोम्बी कारबाट प्रभावित छ । 

एकचोटि चार्ज गर्दा यो कार ३५० किलोमिटर गुड्छ । कारको अधिकतम पावर ५०० किलोवाट छ । टेस्लाको मोडल ३ को अधिकतम पावर १५० किलोवाट छ । 

कारको टप स्पीड ५० माइल प्रतिघन्टा रहेको दाबी गरिएको छ । यसको तुलना टेस्ला मोडल ३ विद्युतीय कारसँग गर्दा त्यसको टप स्पीड १४० माइल प्रतिघन्टा छ ।

कारलाई १०० किलोमिटर प्रतिघन्टाको स्पीड पक्रनका लागि यो कारलाई जम्मा ६ सेकेन्ड लाग्छ भनी दाबी गरिएको छ । 

कम्पनीका अनुसार, यसमा क्रान्तिकारी इन्भर्टर प्रयोग गरिएको छ । यसले कारको ब्याट्रीलाई विद्युतीय अप्लायन्सेसमा पावर पु–याउन सहायता गर्छ । 

कारलाई तयार गरिँदैछ र यसको बिक्रीका बारेमा कुनै जानकारी छैन । 

यो फ्युचरिस्टिक विद्युतीय सुपरकार बनाउने कालाश्निकोभले विद्युतीय मोटरबाइक पनि बनाउने गरेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्