
काठमाडौं — ग्रीसको स्कियाथोस विमानस्थलमा आफ्ना पितासँग गएर विमान हेरिरहेका १२ वर्षीय एक बच्चा एयरबस ३२० विमान उड्ने क्रममा ३२ फीट पर हुत्तिएका छन् ।
बच्चालाई निकै चोट लाग्यो र उनको स्थानीय अस्पतालमा उपचार चलिरहेको छ ।
एयरबस ३२० ले टेकअफ गर्दा इन्जिनबाट निस्केको चर्को हावाका कारण बालक ३२ फीट पर हुत्तियो । इन्जिनभित्र ब्लास्ट भएर हावा निस्केको बताइएको छ ।
चिकित्सकहरूका अनुसार, बालुवामा लडेका कारण बच्चाको ज्यान जोगियो । तर उनलाई गम्भीर चोट लागेको छ ।
विमानस्थल गएर विमान हेर्दा निकै सावधानी अपनाउनुपर्ने देखिन्छ ।
एजेन्सी