३० जेठ २०८३, शनिबार

आफ्नो माग पूरा गर्न राहत शिक्षकहरुको भदौ २३ गतेसम्मको अल्टिमेटम

आफ्नो माग पूरा गर्न राहत शिक्षकहरुको भदौ २३ गतेसम्मको अल्टिमेटम

काठमाडौं–पूर्व शिक्षामन्त्री एवम् उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्नको लागि आफू प्रयत्नशील रहेको बताएका छन् ।
शुक्रबार राहत शिक्षक केन्द्रीय समितिले आयोजना गरेको राहत शिक्षकको पेशागत हतहित एवम् नीतिगत व्यवस्थापन विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
कार्यक्रममा शिक्षक दरबन्दी पुनःवितरण कार्यदलका संयोजक एवम् पूर्व शिक्षा सचिव महाश्रम शर्माले राहत शिक्षकहरुको आन्दोलनले नीतिगत आकार लिनुपर्ने बताए । 
नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले राहत शिक्षकले उठाएका मागहरुका बारेमा महासंघ सकारात्मक रहेको बताउँदै जिम्मेवार ढंगले अघि बढ्ने बताए । 
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकहरुले उठाएका मागहरु पूरा नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । 
उनले भने,‘हामीले यही भदौ २३ गतेसम्म सरकारलाई हाम्रो अवस्था र मागहरुका बारेमा जानकारी गराएका छौं, यदि सरकारले भदौ २३ गतेभित्र हाम्रा मागहरु पूरा गरेन भने  आन्दोलनले बिशाल रुप लिन्छ ।’


 

salt training

कमेन्ट गर्नुहोस्