१० साउन २०८३, आइतबार

निर्मला पन्त हत्या प्रकरण : छानबिन गर्न नसक्ने प्रहरी अधिकारीमाथि विभागीय कारवाही हुँदै

निर्मला पन्त हत्या प्रकरण : छानबिन गर्न नसक्ने प्रहरी अधिकारीमाथि विभागीय कारवाही हुँदै

काठमाडौं – बालिका निर्मला पन्तको हत्या घटनाबारे छानबिन र अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीमाथि विभागीय कारवाही हुने भएको छ ।

बलात्कारी र हत्यारालाई पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा आन्दोलन चर्केर हिंसात्मक भएपछि सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएपछि गृह मन्त्रालयमा प्रहरी अधिकारीलाई निलम्बन गर्ने विषयमा छलफल भइरहेको छ ।

हत्या घटना भएका बेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेठी रहेका थिए । दुवैसहित प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएको सरकारले आन्दोलन साम्य नभएपछि कारवाही प्रक्रिया अगाडि बढाएको छ । आन्दोलन साम्य नभएपछि कञ्चनपुरमा कर्फ्यू लागिरहेको छ ।

कञ्चनपुरका आन्दोलनकारीले प्रहरी अधिकारीले नै छानबिन कमजोर बनाउने, प्रमाण नष्ट पार्ने र हत्यारा लुकाउन नक्कली अभियुक्त सार्वजनिक गरेको आरोप लगाएका छन् । गृह मन्त्रालयले भदौ ७ गते एसपी विष्ट, डीएसपी सेठी र प्रमुख जिल्ला अधिकारी खड्कालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्