१० साउन २०८३, आइतबार

कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
 घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका नेकपाका तर्फबाट  कैलाली र कञ्चनपुरका साँसद र नेकपाका केन्द्रीय सदस्यहरुसंग कुरा गर्दे प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
  प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिती गठन गरेर काम अघि बढाएको बताउनुभएको छ । “यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भिर छ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।”
 घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ । प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । “बालिकाको बलात्कार गरी  हत्या गर्ने,आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन ।” प्रधानमन्त्ती ओलीले घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन आग्रह गर्नुभएको छ ।
नेकपाका स्थायी समिती सदस्य भिम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्