२१ जेठ २०८३, बिहीबार

कञ्चनपुर घटनाको सुरुदेखि अनुसन्धान, अब समातिएलान् वास्तविक दोषी ?

भदौ १०, २०७५
कञ्चनपुर घटनाको  सुरुदेखि अनुसन्धान, अब समातिएलान् वास्तविक दोषी ?

कञ्चनपुर –प्रहरीले भीमदत्त नगरपालिका २ की  १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनाको प्रारम्भिक चरणबाटै  अनुसन्धान सुरु गरेको छ । 
स्थानीयले आन्दोलन चर्काएपछि फेदैबाट अनुसन्धान थाल्ने निष्कर्षमा प्रहरी पुगेको हो । 

घटना भएका दिन किशोरी पढ्न गएको घरका बम दिदीबहिनी रोशनी र बबितालाई नियन्त्रणमा लिएर घटनाका सुरुबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । 
उनले किशोरीको शव भेटिएको घटनास्थलको पनि सुरुबाटै अनुसन्धान गरिने जानकारी दिए। आजको कान्तिपुरले यसबारे विस्तृत खबर छापेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्