०८ असार २०८३, सोमबार

प्राधिकरण अध्यक्षको दौडमा १५ जना

भदौ १०, २०७५
प्राधिकरण अध्यक्षको दौडमा १५ जना

काठमाडौं–दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिरकणको रिक्त अध्यक्ष पदमा १५ जनाले दरखास्त दिएका छन् ।
 आवेदन दिनेमा पूर्व सञ्चार सचिव सुशील घिमिरेदेखि प्राधिरकणकै वरिष्ठ निर्देशकद्वय आनन्दराज खनाल र पुरुषोत्तम खनालसम्म छन् ।
 मन्त्रालयले एक साताको समय राखी शुक्रबारसम्म आवेदनका लागि समय दिएकोमा नेपाल टेलिकमका पूर्व कर्मचारीदेखि सूचना प्रविधि विज्ञसम्म प्रतिस्पर्धामा उत्रेका छन् ।
सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार छनोट समितिले शुक्रबारदेखि नै काम सुरु गरेको छ भने एक सातामा मूल्यांकन गरी ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाइनेछ । कारोबार दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्