
रोल्पा ९ फागुन - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम परिवर्तन गरेको छ । रोप्लाको थवाङमा बिहिवारदेखी जारी ८ औं महाधिवेशनको बन्दशत्रले महासचिव विप्लवको राजनीतिक प्रतिवेदन र पार्टीको विधान पारित गर्दै पार्टीको नाम परिवर्तन गरेको हो ।
बन्दसत्रले पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको प्रवक्ता खड्गबहादुर बिकले जानकारी दिए । नेपालका संसदवादी दलले समेत माओको नाम दूरुपयोग गरेकोले पार्टीको नाम परिवर्तन गरिएको नेताहरुले बताएका छन् ।
बन्दशत्रका निर्णय फागुन १४ गते रोल्पा सदरमुकाम लिवाङमा घोषणा सभा माफर्तत सार्वजनिक गरिने सो पार्टीका एक नेताले बताए । माओवादी ‘जनयुद्ध’ दिवस पारेर फागुन १ गते काठमाडौंमा महाधिवेशन उद्घाटन गरिएको थियो ।