
काठमाडौं ९ फागुन– सरकारले रिक्त १४ मुलुकमा राजदूत सिफारिश गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमवार बसेको दोस्रो बैठकले विभिन्न मुलुकमा राजदूत सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
सोमवार राजदूत सिफारिश भएकाहरुमा माओवादी केन्द्रबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास,बहराइन छन् । उनीहरुलाई केपी ओली नेतृत्वको सरकारले पनि राजदूतमा सिफारिश गरेको थियो ।
श्रीलंका : विश्म्भर प्याकुरेल (कांग्रेस)
बंगलादेश : डा.चोपलाल भुसाल (कांग्रेस)
युएई : आशा लामा (कांग्रेस)
जापान : प्रतिभा राणा (राप्रपा)
डेनमार्क : युवनाथ लम्साल (माओवादी केन्द्र)
बहराइन: पदम सुन्दास (माओवादी केन्द्र)
अष्ट्रेलिया : लक्की शेर्पा (माओवादी केन्द्र)
कतार : रमेशप्रसाद कोइराला (कांग्रेस)
साउदी : महेन्द्र सिंह (माओवादी केन्द्र)
दक्षिण कोरिया : अर्जुन जंगबहादुर सिंह (कांग्रेस)
इजरायल : निरन्जन थापा (राप्रपा)
म्यानमार : भीम उदास (कांग्रेस)
ओमान : शर्मिला पराजुली (फोरम लोकतान्त्रिक)
स्पेन : भरत रायमाझी (राप्रपा)