२१ असार २०८३, आइतबार

सरकारद्वारा स्थानीय निर्वाचनको मिति घोषणा

कात्तिक २०, २०७४
 सरकारद्वारा स्थानीय निर्वाचनको मिति घोषणा
काठमाडौं ९ फागुन — लामो समयको गृहकार्यपछि सरकारले सोमवार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमवार सिंहदरवारमा बसेको तेस्रो बैठकले निर्वाचन मिति घोषणा गरेको हो ।

आन्दोलनरत मधेशी मोर्चाको असन्तुष्टिका बावजुद सरकारले निर्वाचन मिति घोषणा गरेको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले तराइमा स्थानीय तहको संख्या बढाउने समेत निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले मधेशी मोर्चा पनि निर्वाचनमा सहभागि हुने विश्वास व्यक्त गरे । २०५४ सालयता स्थानीय निकायको निर्वाचन भएको छैन । निर्वाचन मिति घोषणा पछि भावी रणनीति तयगर्न मधेशी मोर्चाको बैठक सोमवार बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्