![बिम्स्टेकका दोस्रा पाहुना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो काठमाडौंमा [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Chief_Advisor_of_Bhutan_Cover__PiK9oZz1SW.jpg)
काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान राजधानी आइपुग्नुभयो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । उहाँलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि स्वागत गर्नुभएको थियो ।
हेरौं फोटोमा :–
फोटो गगन अर्याल









