३१ असार २०८३, बुधबार

विप्लवको पार्टीकी प्रभावशाली नेत्री काभ्रे प्रहरीकाे हिरासतमा

विप्लवको पार्टीकी प्रभावशाली नेत्री काभ्रे प्रहरीकाे हिरासतमा

बनेपा– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट मङ्गलबार पक्राउ परेकी  भुजेललाई मङ्गलबार बेलुका नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको हो । 

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित ब्लुसाइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा भुजेल पक्राउ परेको गिरीले बताए । उनलाई आज जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्