०२ असार २०८३, मंगलबार

बैंकको दुई करोड २८ लाख ठग्ने जना प्रहरीको फन्दामा

भदौ १३, २०७५
बैंकको दुई करोड २८ लाख ठग्ने जना प्रहरीको फन्दामा

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई रु दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पु¥याउने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई हानि पु¥याउने ती व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा बैङ्कका कर्मचारीहरु वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभगाका अमितराज बज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र सङ्खुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइली छन् । 

पक्राउ परेकालाई उच्च अदालत पाटनबाट आज सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्