०३ असार २०८३, बुधबार

एकीकरण भइनसक्दै नेकपामा आन्तरिक द्वन्द्व

भदौ १४, २०७५
एकीकरण भइनसक्दै नेकपामा आन्तरिक द्वन्द्व

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको समाचार आजको कारोबार दैनिकमा छापिएको छ । 

केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीकोे नामावली प्रति नेता माधव कुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । 

खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्तर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ । 

अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला र अन्य कमिटीमा एकलौटी नाम सिफारिस गरेर आफ्नो पक्षलाई पाखा लगाउन खोजेको नेपाल समूहको बुझाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्