२८ जेठ २०८३, बिहीबार

कञ्चनपुरमा कर्फ्यू पूर्णरुपमा  हटाइयो

कञ्चनपुरमा कर्फ्यू पूर्णरुपमा  हटाइयो

कञ्चनपुर- एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कफ्र्यू आजदेखि पूर्णरुपमा हटाइएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कफ्र्यू हटाउने निर्णय गरेको हो । 

गत शुक्रबारदेखि दिउँसो र राति गरी कफ्र्यू लाग्दै आएको थियो । जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कफ्र्यूलाई खुकुलो पार्दै आएको थियो । 

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनजीवन सामान्य बन्दै गएकाले कफ्र्यू पूर्णरुपमा हटाइएको जानकारी दिए। तेह्र वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्