२२ असार २०८३, सोमबार

होटेलमा श्रीमती मारेर श्रीमान् फरार, शव गन्हाएपछि मात्रै प्रहरीलाई खबर

होटेलमा श्रीमती मारेर श्रीमान् फरार, शव गन्हाएपछि मात्रै प्रहरीलाई खबर

काठमाडौं– काठमाडौंको बसुन्धारास्थित एक होटेलमा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् । 

बसुन्धारास्थित स्पीड गेस्ट हाउटको कोठा नम्बर १०१ मा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका हुन् । 

भदौ ७ गते (बिहीवार)बाट धादिङका २२ वर्षीय मिलन परियार र १८ वर्षीया लक्ष्मी परियारले स्पीड गेस्ट हाउसको १०१ नम्बर कोठामा भाडामा लिएका थिए । 

१३ गतेदेखि ढोका बन्द गरिएको कोठामा १५ गते गन्ध आउन थालेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठा खोल्दा लक्ष्मीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले जानकारी दिए । 

प्रहरीका अनुसार लक्ष्मीको १२ गते राति हत्या भएको थियो । हत्याका कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइसकेको जनाएको छ । 

प्रहरीका अनुसार लक्ष्मी र मिलन यसअघि ७–८ पटक होटेलमा बसिसकेका थिए । २ पटक त उनीहरु आफ्नो आमाबुवासहित होटेलमा बस्न आएको होटेल सञ्चालकले प्रहरीलाई जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्