३० असार २०८३, मंगलबार

शिखर शुजको ‘बडा सेल’ : ग्राहकले पाउनेछन् ५० प्रतिशतभन्दा बढी छूट

शिखर शुजको ‘बडा सेल’ : ग्राहकले पाउनेछन् ५० प्रतिशतभन्दा बढी छूट

काठमाडौं– शिखर शुजले ‘बडा सेल’ अफर ल्याएको छ । आइतवारदेखि लागू भएको उक्त अफरमा ग्राहकहरूले ५० प्रतिशतभन्दा बढी छूट प्राप्त गर्नेछन् ।

अफर उपत्यकाका ९ वटा शोरुममा उपलब्ध रहेको शिखर शुजले जनाएको छ ।

मनकामना शुज न्युरोड, शिखर शुज सेन्टर खिचापोखरी, शिखर शुज सेन्टर बानेश्वर, कीर्तिपुर शुज सेन्टर किर्तिपुर, बौद्ध शुज सेन्टर बौद्ध, पाटन शुज सेन्टर पाटन, लिवास इन्टरप्राइजेज नयाँबसपार्क, कोशेली शुज हाउस, भोटाहिटी र त्रिवेणी शुज सेन्टर भोटाहिटीमा उक्त अफर लागू हुने जनाइएको छ ।

ग्राहकको मागलाई ध्यानमा राखेर थप शोरुमहरूमा पनि अफर लागू गर्ने कम्पनीको तयारी छ ।

लेडिज तथा जेन्स स्यान्डल, पार्टी शुज, कलेज÷स्कूल शुज, अफिसियल शुज, क्याजुअल शुज र स्पोर्टस् शुजमा यो अफर उपलब्ध छ ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाका लागि जुत्तालगायत करीब ४ सय डिजाइनका जुत्ताचप्पल उत्पादन गर्दै आएको छ ।

ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेन्टी समेत दिँदै आएको छ ।

कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्