
सल्यान– सल्यानको बागचौर नगरपालिका–१२ ओख्रेनीमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना बालबालिका बेपत्ता भएका छन् ।
ओख्रेनीको बालाराम डाँगीको घर पुरिँदा उनकी ८ वर्षीया छोरी ललिता डाँगी, ५ वर्षीय छोरा दीपक डाँगी र ४ वर्षीया छोरी मेनुका डाँगी बेपत्ता भएको बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले लोकान्तरलाई जानकारी दिए ।
डाँगी दम्पत्ति भैंसी दुहुन गोठमा गएको बेला घर माथिबाट आएको पहिरोले पुरिँदा घरभित्र रहेका ३ जना बालबालिका बेपत्ता भएका हुन् ।
उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरिएपनि घटनास्थल धेरै टाढा भएकाले उद्दारमा कठिनाइ भइरहेको नगर प्रमुख बुढाथोकीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानले पहिरोमा पुरिएकाको उद्दारका लागि इलाका प्रहरी कार्यालय थारमारे र सिनखोलीबाट १–१ गरी २ वटा टोली परिचालन भएको जनाएको छ ।