०२ साउन २०८३, शनिबार

पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न— किन हजारौंको मृत्युको कारण बन्दैछन् स्वास्थ्यकर्मीहरू ?

पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न— किन हजारौंको मृत्युको कारण बन्दैछन् स्वास्थ्यकर्मीहरू ?

काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री एवं नेकपाका सांसद खगराज अधिकारीले मुलुकी फौजदारी संहिताको इलाजसम्बन्धी व्यवस्था संशोधनको माग गर्दै भइरहेको चिकित्सकको आन्दोलनले सर्वसाधारण उपचार पाउनबाट बञ्चित भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शून्य समयमा बोल्दै अधिकारीले चिकित्सकहरूको आन्दोलन नाजायज भएको टिप्पणी गरेका हुन् । 

 

‘मुलुकी फौजदारी संहिता कसुरको विषयलाई लिएर आज मुलुकभर स्वास्थ्य सेवा बन्द गरिएको छ । जनता पीडामा छन्, चिलबिल अवस्थामा छन्, सरकारले संसदको सम्बन्धित समितिमा आफ्नो प्रतिबद्धता लिखित रूपमा दिएको सुनिएको छ,’ अधिकारीले संसदमा भने, ‘तर कानून मिच्न किन उद्धत बनाइँदैछ ? किन हजारौंको मृत्युको कारण बन्दैछन् स्वास्थ्यकर्मीहरू ? किन स्वास्थ्य मन्त्रालयले खाली रहेका १२ तहमा नियुक्तिको पहल गर्दैन ? किन हडतालका आयोजकहरूलाई स्वास्थ्य मन्त्रालयको तालाचाबी दिइँदैछ ?’

salt training

कमेन्ट गर्नुहोस्