०२ साउन २०८३, शनिबार

एसिया कप छनोटमा मंगलबार नेपाल र हङकङ भिड्ने, फराकिलो जीत आवश्यक

एसिया कप छनोटमा मंगलबार नेपाल र हङकङ भिड्ने, फराकिलो जीत आवश्यक
फाइल फोटो

काठमाडौं – नेपाल र हङकङ मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् । 

चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ ।

नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो ।

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ । 

चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालीकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ ।

मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्