२८ जेठ २०८३, बिहीबार

लाङटाङ हाइड्रो पावरका लागि लगानी जुट्यो, ४ बैंकले २ अर्ब ७३ करोड लगानी गर्ने

लाङटाङ हाइड्रो पावरका लागि लगानी जुट्यो, ४ बैंकले २ अर्ब ७३ करोड लगानी गर्ने
प्रतिकात्मक तस्वीर

काठमाडौं –आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङटाङ हाइड्रो पावरका लागि लगानी जुटेको छ । 

राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । २० मेगावाट क्षमताको उक्त आयोजनाका लागि सनराइज बैंकको अगुवाइमा चारवटा बैंकले लगानी गर्ने भएका छन् ।

सहायक लगानीकर्ता बैंकमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र जनता बैंक छन् ।

कार्यक्रममा मल्टी इनर्जी डेभलपमेन्ट प्रा. लि. का अध्यक्ष कृष्ण आचार्य र नेतृत्वकर्ता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बजाचार्यले सम्झौताको प्रति आदानप्रदान गरे ।

आयोजनाको कूल लगानी चार अर्ब पाँच करोड प्रक्षेपण गरिएकोमा शेयरधनीहरूबाट १ अर्ब ३२ करोर बैंकहरूले २ अर्ब ७३ करोड ४० लाख लगानी गर्ने मल्टी इनर्जीका अध्यक्ष आचार्यले जानकारी दिए ।

सम्झौताअनुसार लगानीको अगुवाइ गरेको सनराइज बैंकले १ अर्ब २ करोड ५२ लाख, सिद्धार्थ बैंकले ७६ करोड ९० लाख, एनसीसी बैंकले ५२ करोड २३ लाख र जनता बैंकले ४२ करोड ७३ लाख रुपैयाँऋण उपलब्ध गराउनेछन् । 

आयोजनाको सम्भाव्यता अध्ययन, विद्युत् खरिद विक्री सम्झौता, वातावरणीय प्रभाव अध्ययन मूल्यांकनलगातका काम सम्पन्न भएपछि बित्तीय व्यवस्थापन सम्झौता भएको हो ।

साविकमा १० मेगावाट क्षमताको उक्त आयोजनाको अध्ययनका क्रममा पछि १० मेगावाट क्षमता थप गरिएको थियो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन लगायत मुख्य संसरचना निर्माणका लागि चिनियाँ कम्पनी छोङगिङ वाटर टर्वाइन वक्र्स(सीडब्लुटीडब्लु) सँग ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

सम्झौताअनुसार ठेकेदार कम्पनीलाईसुरुमा कूल लागतको १० प्रतिशत र आयोजनाबाट विद्युत उत्पादन सुरु भएको ७ सय दिनपछि बाँकी रकम उपलब्ध गराइने छ ।

आयोजनाको काम सम्पन्न भएपछि मात्र रकम भुक्तानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता गरिएको लाङटाङखोला नेपालकै पहिलो आयोजना भएकोदाबी अध्यक्ष आचार्यको छ ।

आगामी २०७७ साल पुस महिनाभित्र आयोजनाको निर्माणकार्यसम्पन्न गर्नेआयोजनाको लक्ष्य छ ।

salt training

कमेन्ट गर्नुहोस्