२९ जेठ २०८३, शुक्रबार

एकीकृत सम्पत्ति कर खारेज गर्न कांग्रेसको माग

एकीकृत सम्पत्ति कर खारेज गर्न कांग्रेसको माग

भक्तपुर-नेपाली काँग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । 

नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै काँग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा ¥यालीसहित गएको टोलीले नगर प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएको हो । 

नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर खारेज गरे सबै समस्या समाधान हुने सभापति थापाले बताउनुभयो । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले नगरपालिका सबैको साझा संस्था भएको बताउँदै जनतालाई मार पर्ने गरी कर वृद्धि भएको भए काँग्रेसको पाँच जनाको प्रतिनिधि र नगरपालिकाबाट पाँचजना प्रतिनिधि बसेर छलफल गरी संशोधन गर्न तयार रहेको बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्