०३ असार २०८३, बुधबार

फूटपाथमा व्यापार गर्ने महिलाको ढेलामा भेटियो ब्राउन सुगर र चरेस !

फूटपाथमा व्यापार गर्ने महिलाको ढेलामा भेटियो ब्राउन सुगर र चरेस !

कैलाली – कैलालीको लम्कीमा ठेलामा लागुऔषधको कारोवार गर्ने महिला ब्राउन सुगर र चरेससहित पक्राउ परेकी छिन् । 

इलाका प्रहरी कार्यालय लम्कीले आज लम्की चुहा नगरपालिका–१ लम्कीमा ठेला व्यवसाय गर्दै आएका ६८ वर्षीया जनादेवी शाहीको ठेलाबाट १९ पोका ब्राउन सुगर र ३०० ग्राम चरेससहित पक्राउ गरेको हो ।

शाहीले ठेलाको डब्बामा राखी कारोवार गर्ने गरेको प्रहरीले बताएको छ ।

लागुऔषधसहित पक्राउ परेकी शाहीलाई लागुपदार्थ ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्