१२ असार २०८३, शुक्रबार

भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो

भदौ २५, २०७५
भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो

काठमाडौं–काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ। 

यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ।

‘यो महिना सुरु भएको ९ दिन भइसक्यो तर १ तारिखमा पाउनुपर्ने पेन्सन हामीले अझै पाएका छैनौं’ पूर्वगोर्खा भारतीय सैनिक भरत थापा भन्छन्, ‘यसले गर्दा कसैलाई बैकले किस्ता र छोराछोरीको फी तिर्न, कसैलाई नियमित औषधोपचार गर्नसमेत समस्या छ।’

कतिले त डेरा भाडा नै तिर्न नसक्ने अवस्था छ। क्याम्पका भारतीय अधिकारीले भारत सरकारको नयाँ व्ययवस्था अनुसार पेन्सन वितरण हुन लागको छ। 

आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्