२२ असार २०८३, सोमबार

बौद्धनाथ क्षेत्रमा ढल निर्माण गरिने

बौद्धनाथ क्षेत्रमा ढल निर्माण गरिने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले बौद्ध स्तूप परिसरमा हुने डुवान नियन्त्रण गर्न करीब रु एक करोड २७ लाख खर्च गरेर ढल निर्माण गर्ने भएको छ । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज बौद्ध स्तूप क्षेत्रको अवलोकन गर्दै स्तूप क्षेत्र डुबानमुक्त बनाइने आश्वासन दिए । गोकर्णेश्वर नगरपालिकाको जगडोल तथा रामहिटी वडा ८ र ९ बाट आउने भल बौद्धद्वार नजीकको खहरेमा पुर्‍याइने छ । अवलोकनपछि प्रमुख शाक्यले नयाँ बस्ती विकासका क्रममा तयार पारिएका संरचना र पुराना बस्तीका संरचनाको सन्तुलन नमिलेका यस्तो खालको समस्या नियमित भएकाले आगामी दिनमा नयाँ संरचना निर्माण गर्दा ध्यान दिनुपर्नेमा जोड दिए । 

अनुगमनमा सहभागी सांसद कृष्ण राईले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु जाने सडक दशैँ अगावै कालोपत्रे हुने बताए । सो समस्या समाधानका लागि करीब ३०० मिटर दूरीमा भूमिगत ढल बिछ््याइने योजना रहेको वडाका इञ्जिनीयर शंखनारायण श्रेष्ठले जानकारी दिए । 

अनुगमन बौद्धद्वार, स्तूप परिसर, बौद्ध फूलबारी तथागत मार्ग, रामहिटी, धाराटोलमा गरिएको थियो । प्रमुख शाक्यसँगै महानगर प्रमुखका सल्लाहकार राजेन्द्र स्थापित, वडा नं ६ का वडाध्यक्ष दीपेन्द्र लामालगायत जनप्रतिनिधि र कर्मचारी बौद्ध स्तूप क्षेत्रको अनुगमनमा गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्