०८ असार २०८३, सोमबार

कुकुर कुट्दा जेल !

भदौ २६, २०७५
कुकुर कुट्दा जेल !

काभ्रेपलाञ्चोक- बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो । उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’लाई रडले हानेर खुट्टा भाँचिदिएका हुन् ।

सन्तानझैं माया गरेर पालेका कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको नेपालमा सम्भवतः यो पहिलो घटना हो ।
‘उजुरी दर्ता गर्ने वा नगर्ने ?’ भन्ने सम्बन्धमा प्रहरी अन्योलमा थियो । तर, मुलुकी अपराधसंहिता पल्टाएपछि प्रहरी उजुरी लिन बाध्य भयो । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्