२५ असार २०८३, बिहीबार

निर्मला हत्याकाण्ड : छानबिन समितिका सदस्यको राजीनमाप्रति गृहमन्त्रीको चासो

निर्मला हत्याकाण्ड : छानबिन समितिका सदस्यको राजीनमाप्रति गृहमन्त्रीको चासो
फाइल तस्बिर

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकाकाले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्यले दिएको राजीनामाप्रति गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । 

मंगलवार काभ्रेमा आयोजित जिल्ला सहकारी संघको साधारणसभामा बोल्दै गृहमन्त्री थापाले निर्मला पन्तको हत्याकाण्डबारे अनुसन्धान गर्न गठित समितिका सदस्यले दिएको राजीनामाले आफूलाई गम्भीर बनाएको बताए । गृहमन्त्री थापाले छानबिन समितिका सदस्य वीरेन्द्र केसीले दिएको राजीनामाको कारणबारे छानबिन हुने पनि बताए । 

निर्मला हत्याकाण्डको छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको अध्यक्षमा गठित समितिका सदस्य केसीले निर्मलाको हत्याकाण्डमाथि भइरहेको अनुसन्धान प्रक्रियाबारे असन्तुष्टि जनाउँदै सोमवार राजीनामा दिएका थिए । केसी प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून उपसचिव हुन् । 

निर्मला पन्तको हत्या प्रकरणको छानबिन गरी १५ दिनमा प्रतिवेदन दिन भनिएको समितिको पुनः म्याद थपिएको विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका केसीले निर्मलाको हत्यामा संलग्न अपराधीबाट आफ्नो ज्यानमा खतरा रहेको भन्दै जीवन रक्षाको माग समेत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्