३१ असार २०८३, बुधबार

सडक दुर्घटनामा १ जनाको मृत्यु

सडक दुर्घटनामा १ जनाको मृत्यु

विराटनगर – विराटनगरमा भएको सडक दुर्घटनामा १ जनाको ज्यान गएको छ ।

भारतीय नम्बर प्लेटको एचआर ५५ एल ३४३९ नम्बरको भारतीय गाडीले को५प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको हो भने २ जना घाइते भएका हुन् ।

मंगलवार बिहान करीब ११ बजेको कोशी राजमार्ग अन्तर्गत महेन्द्रचोकमा ठक्कर ट्रकले दिएको हो । ठक्करबाट मोरङको रंगेली नगरपालिका–७ का ३० वर्षीय अंशु अग्रवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ३८ वर्षीय मनोज अग्रवाल र उनकी ७ वर्षीय छोरी अनिसा अग्रवाल गम्भीर घाइते भएकी छिन् ।

भारतीय ट्रक चालक भारतको आलिगढ बस्ने वर्ष ३० को कमल सिंहलाई वडा प्रहरी कार्यालय (क) विराटनगरको नियन्त्रणमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्