२१ असार २०८३, आइतबार

पेरिसमा साउदी राजकुमारीको करोडौं रुपैयाँ पर्ने गहना चोरी

पेरिसमा साउदी राजकुमारीको करोडौं रुपैयाँ पर्ने गहना चोरी

काठमाडौं — फ्रान्सको राजधानी पेरिसमा रहेको प्रसिद्ध होटल रिजमा साउदी अरबकी राजकुमारीका गहनाहरू चोरी भएका छन् ।

ती राजकुमारीको नाम सार्वजनिक गरिएको छैन । 

शुक्रवार अपराह्न उनका गहनाहरू चोरी भएको प्रहरीले बतायो । गहनाको मूल्य १० करोड रुपैयाँभन्दा बढी छ । 

होटलको सुइटमा कुनै अपरिचित व्यक्ति जबर्जस्ती पसेको कुनै निशान नभेटिएको प्रहरीको भनाइ छ । घटनालाई फ्रान्सको संगठित अपराध ब्रिगेडले अनुसन्धान शुरू गरेको छ ।

एक वर्षभित्र पेरिसको विलासी होटलमा चोरीको यो दोस्रो घटना हो । जनवरी महिनामा केही बन्दुकधारीहरूले रिज होटल परिसरमा रहेको एक गहना पसलमा गहना लुटेका थिए । त्यतिखेर पाँच डाँकाले करोडौं रुपैयाँबराबरका गहना
चोरेका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्