२५ असार २०८३, बिहीबार

डा बाबुराम भट्टराई अमेरिका प्रस्थान, एक महिना उतै रहनेछन्

डा बाबुराम भट्टराई अमेरिका प्रस्थान, एक महिना उतै रहनेछन्

काठमाडौँ–नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई आज करीब एक महीना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । 

भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए । 

डा भट्टराई आगामी असोज २२ गते स्वदेश फर्कनेछन् । डा भट्टराईको यस भ्रमणको सम्पूर्ण व्यवस्थापन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गर्ने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्