१२ असार २०८३, शुक्रबार

जेलमा रहेका सरीफ पत्नी कुलसुमको लण्डनमा  निधन

भदौ २६, २०७५
जेलमा रहेका सरीफ पत्नी कुलसुमको लण्डनमा  निधन

इश्लामावाद- पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उहाँ ६८ बर्षकी हुनुहुन्थ्यो । 

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी धर्मपत्नी कुलसुमको मृत्युको खबरलाई सरीफको दल सम्बद्ध स्रोतले पुष्टि गरेको छ । 

कुलसुमका पति तथा पूर्व पाकिस्तानी प्रधानमन्त्री भने पदीय मर्यादा विपरित आर्थिक अपचलनसम्बन्धी मुद्दामा आरोपित बनेपछि सुनुवाईका लागि पाकिस्तानी जेलमा बन्दी रहनुभएको छ । 

कुलसुमलाई क्यान्सरका चार प्रमुख समस्यामध्ये एक लिम्फोमा नामक समस्याका कारण गत बर्षको अगस्तदेखि लण्डनस्थित एक अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । 

हो, बेगम कुलसुम नवाजको मृत्यु लण्डनको एक निजी अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको छ, पाकिस्तानी मुस्लिम लिग–नवाजका प्रवक्ता मार्याम अरुन्जेबले बताउनुभयो । 

उहाँको स्वास्थ्य स्थितिमा जटिलता आएपछि मङ्लबार बिहानैदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । 
कुलसुमलाई उपचार गराइरहेका नवाज सरीफलाई पाकिस्तानी अदालतमा सुनुवाईका लागि निर्वाचनको केही पहिले गत जुलाई १५ मा बोलाइएको थियो । पाकिस्तान आएलगत्तै सरीफकी छोरी र उहाँलाई पक्राउ गरी जेलमा राखिँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्