
काठमाडौं — लेबनानले देशका महिलाहरूका लागि जियेह शहरमा सामुद्रिक किनार छुट्ट्याएको छ । त्यहाँ पुरुषलाई पूर्ण प्रतिबन्ध लगाइएको छ । तटमा महिलाले हिजाब पनि लगाउनुपर्दैन अनि कुनै धार्मिक रीति पनि मान्नुपर्दैन ।
किनारमा महिलाका लागि सूर्यस्नान र बिकिनी लगाएर घुम्ने छुट छ । किनारमै एउटा रिजोर्ट बनाइएको छ ।
झुक्किएर पनि कुनै पुरुष तटमा पुगेमा १८ डलर जरिवाना तिर्नुपर्छ ।
बेका भ्याली टापुमा बस्ने रबाब अहमद किनारमा आउँदा स्वतन्त्र अनुभव गर्छिन् । लेबनानको कानूनअनुसार, मुसलमान महिलाले आफ्ना पतिबाहेक कुनै पनि पुरुषका अगाडि छोटा लुगा लगाएर हिँड्न पाउँदैनन् । अनि महिलालाई
सामुद्रिक किनार जाने छुट पनि छैन ।
महिलाहरू परिवारसँग पिकनिक मनाउन किनार जाँदा चर्को घाममा पनि हिजाब, बाहुले शर्ट र पाइजामा लगाउनुपर्छ । त्यसैले महिलाका लागि स्थानीय क्लबले तट बनायो ।
अर्की महिला नादा तटमा आएर फरक जिन्दगी बाँच्ने बताउँछिन् ।
तटमा खिचिएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने अनुमति छैन । त्यसो त तटमा क्यामरा र मोबाइल पनि लान पाइँदैन । नादाका अनुसार, तटमा महिलाहरूले आठ वर्षसम्मका बच्चालाई मात्र लान पाउँछन् ।
एजेन्सी