२९ असार २०८३, सोमबार

अवैध रूपमा भित्र्याइएको भारतीय ब्रोइलर कुखुरा बरामद

अवैध रूपमा भित्र्याइएको भारतीय ब्रोइलर कुखुरा बरामद
प्रतिकात्मक तस्वीर

नेपालगञ्ज – भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा प्रहरीले बुधवार बिहान नेपालगञ्जबाट बरामद गरेको छ । 

प्रदेश नं ५ अनुसन्धान ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरबाट तीन हजार कुखुराका चल्लासहित स्थानीयवासी नन्कौ सिद्दिकीलाई पक्राउ गरेको हो । बरामद गरिएको चल्ला प्रहरीले पशु क्वारेण्टाइन चेकपोष्ट नेपालगञ्जलाई बुझाएको छ । ती चल्ला आजै नष्ट गरिएको पशु क्वारेण्टाइन कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख रामसेवक त्रिपाठीले बताए ।

अभियुक्त सिद्दिकीलाई रु २० हजार जरिवाना लगाइएको छ । भारतीय पक्षीजन्य वस्तु आयातमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ ।

भारतमा सस्तो दरमा उपलब्ध हुने भएकाले ब्रोइलर चल्ला र कुखुरा अवैध रूपमा नेपाल भित्रिने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्