२३ जेठ २०८३, शनिबार

भीरबाट लडेर मजदुरको मृत्यु

भीरबाट लडेर मजदुरको मृत्यु

संखुवासभा– संखुवासभआको मकालु गाउँपालिका- ५ स्थित आम्राङ भिरबाट लडेर बिहीबार बिहान १ जनाको मृत्यु भएको छ । भिरबाट खसेर मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने बर्ष २६ का प्रेम बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ईखुवा ड्यामसाइड सडक खण्डमा सडक विस्तार गर्ने क्रममा माथीबाट पहिराे खस्दा भाग्ने क्रममा सोही सडकमा मजदुरी गर्दै आईरहेका  मगरको  भिरबाट २ सय ५० मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको  हो ।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्