११ साउन २०८३, सोमबार

यू-१९ एकदिवसीय क्रिकेट : अाज नेपाल भारत ‘ए’ टोलीसँग भिड्ने

यू-१९ एकदिवसीय क्रिकेट : अाज नेपाल भारत ‘ए’ टोलीसँग भिड्ने

काठमाडौं -  भारतमा जारी उन्नाइस वर्षमुनि (यु–१९)को एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृङ्खलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग शुक्रबार प्रतिस्पर्धा गर्दैछ । 

खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो । आगामी असोज १३ गतेदेखि बङ्गलादेशमा हुने यू–१९ एशिया कपको तयारीका रूपमा उक्त प्रतियोगितालाई हेरिएको छ ।
    
नेपाली टोलीमा आसिफ शेख (कप्तान), तृतराज दास, रवी शाह, विपीन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सम्साद आलम छन् । टोलीको मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कुटुवाल र टिम म्यानेजरमा शक्तिप्रसाद गौचन रहेका छन् । 

प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोलीको सहभागिता रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्