२९ जेठ २०८३, शुक्रबार

कांग्रेस सांसदको प्रश्न– सार्वजनिक सम्पत्ति कव्जा गर्दै निजी सम्पत्ति हड्प्ने नीति हो ?

कांग्रेस सांसदको प्रश्न– सार्वजनिक सम्पत्ति कव्जा गर्दै निजी सम्पत्ति हड्प्ने नीति हो ?

काठमाडौं– नेपाली जनताले चन्दाबाट बनेको सामाजिक सेवाको भवन सरकारले उपराष्ट्रपतिको विलासी जीवन विताउन प्रयोग गर्न दिन लागेको भन्दै संसदमा विरोध भएको छ । 

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सामाजिक सेवाको भवन उपराष्ट्रपतिको निवास बनाउन दिन लागेको भन्दै आपत्ति जनाएका हुन् ।

ʻप्रधानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हालै नेपाली जनताले दान र चन्दाबाट बनाएको सामाजिक कल्याण परिषद्को भवन र जग्गा उपराष्ट्रपतिको प्रयोगको लागि उपराष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेको सुन्नमा आएको छʼ उनले भने, ʻनेपाली जनताले दिएको दान र चन्दाबाट स्वच्छ सामाजिक कुरा विलासी जीवन बनाउने विरोध गर्दछु । आज सामाजिक सेवाको भवन, भोलि सार्वजनिक स्कुल तथा मठ र मन्दिरका सम्पत्ति र अन्त्यमा निजी सम्पत्ति समेत केही पदाधिकारीको लागि हक हस्तान्त्रराण गर्ने स्वभावको रुपमा लिएको छु । तसर्थ यो निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउछु ।ʼ

सांसद राजभण्डारीले निजगढ विमानस्थल निर्माणको नाममा वामगठबन्धनले ब्रम्हलूट मच्चउन खोजेको आरोप लगाए ।

ʻहिजो ०३६ सालमा जनमत संग्रहमा निर्दलीय व्यबस्था टिकाउन जंगल कटानी भएको देखेका वामपन्थी नेताहरुलाई प्रश्न छ, के व्यबस्था टिकाउन निर्दोश ७ लाख रुखको हत्या गर्न लागिएको हो ?ʼ उनले नेपाल वायुसेवा निगमलाई दुहुनो गाई बनाइएको आरोप लगाए ।
 

salt training

कमेन्ट गर्नुहोस्