०८ असार २०८३, सोमबार

नेपाली फेसन ब्रान्ड रिगल इन्कको शोरुम दरबारमार्गमा

नेपाली फेसन ब्रान्ड रिगल इन्कको शोरुम दरबारमार्गमा

काठमाडौं – नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्राण्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ।

ट्याग इन्टरनेशनल प्राइभेट लिमिटेडअन्तर्गत दर्ता रियल इन्क दरबारमार्गमा रहेको त्रिसरा रेष्टुरेन्टको भवनमा शोरुम खुलेको छ। 

नविल बैंकका प्रमुख कार्यकारी अनिल शाहले उद्घाटन गरेको उक्त समारोहमा फेसन क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। 

काठमाडौंको फेसन हब दरबारमार्गमा शोरुम स्थापना गरेको रिगलले फेसनको क्षेत्रमा नवप्रवर्द्धन गर्ने लक्ष्य लिएको सञ्चालकले जनाएको छ ।

शोरुमको उद्घाटन गर्दै बैंकर शाहले फेसनको दुनियामा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनौटको अवसर बढेको बताए । युवा व्यवसायीहरूको प्रयासबाट भएको यस्तो काम अझै बढ्नुपर्ने उनको धारणा थियो । 

रिगल इन्कका प्रमुख कार्यकारी अधिकृत अशुतोश अग्रवालले आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यका साथ शोरुम खोलिएको बताए । 

‘यसबाट लुक्समात्र फेरिने छैन सँगै हामी गुणस्तर, विश्वासनीयता, सस्तो र धान्नसक्ने गरी उत्पादनहरू उपलब्ध गराउने छौं,’ अग्रवालले भने ।

अग्रवालले आफ्नै ब्रान्डमा विभिन्न फेसन उत्पादनहरू पनि उपलब्ध गराउँदै जाने बताए । जिबी ब्रुमेल नामबाट सर्ट पाइन्टदेखि पर्ससम्मका उत्पादन राखिने उनले जानकारी दिए । 

शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुनेछन् । 

जसमा नेपाली फेसन ब्रान्ड जिबी ब्रुमेल हुनेछ । पुरुषहरूका लागि फेसन डिजाइनहरू हुने यो ब्रान्ड नेपाली हो । त्यस्तै द म्यान कम्पनी भन्ने भारतीय ब्रान्ड पनि यो शोरुममा हुनेछ । 

त्यस्तै लोरो पियना, भाइटल बारबेरिस, डी डेल्फीनो र डोरमिइएल ब्रान्डका उत्पादनहरू उपलब्ध हुनेछन् । शोरुममा लानफिको र इटालियन सुट ब्रानड जेग्ना पनि हुनेछ । 

रियल इन्कलाई नेपालको आधिकािरक फेसन हाउसको रूपमा विकसित गर्दै जाने र आवश्यकता अनुसार देशभर विस्तार गर्दै जाने अग्रवालले जानकारी दिए । 

विश्वव्यापी र क्षेत्रीय रूपमा ट्रेन्डमा रहेका फेसन उत्पादन किन्न मात्र होइन, गुणस्तरीय र विश्वासनीय सपिङको केन्द्रविन्दु बनाउने उद्देश्यसहित अगाडि बढेको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्