
सुर्खेत- बराहताल गाउँपालिका– ८ सुर्खेत हुर्केस्थित भे१ह १९३७ नंको अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका– १ सुर्खेत बस्ने ७१ वर्षीया गङ्गादेवी रम्जाली मगरको मृत्यु भएको हो । बडिचौर सुर्खेतदेखि वीरेन्द्रनगर आउने क्रममा अनियन्त्रित भई अटोरिक्सा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकी रम्जाली मगरको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारका क्रममा आज बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
सुर्खेतकै ३२ वर्षीय चन्द्रा रोकामगर र उहाँका नौ वर्षीया छोरी शर्मिला रम्जाली मगर घाइते भएको प्रवक्ता चौधरीले बताउनुभयो ।
अटोरिक्सासहित पञ्चपुरी नगरपालिका– ८ सुर्खेत भई वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएका चालक भीमबहादुर रम्जाली मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।