२५ असार २०८३, बिहीबार

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै कर्णालीबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै कर्णालीबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

सुर्खेत– कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा सुर्खेतस्थित मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई सोमवार जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण पत्र बुझाएका छन् । घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनपर्ने भन्दै उनीहरुले प्रशासन कार्यालयमार्फत प्रधामन्त्रीलार्इ ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

निर्मलाको वलात्कारपछि हत्या काण्डका सम्बन्धमा पीडितलाई न्याय दिनेभन्दा पनि शक्ति, पद र पहुँचको आडमा झन यातना दिने काम भएको सीमान्तकृत महिलाहरुका लागि महिला संस्था वामकी कार्यकारी निर्देशक मधुरानी ढकालले बताइन् । ‘हामीले राज्य भएको महसुष गर्न पाउनुपर्छ,’ उनले भनिन्, ‘बालिका बलात्कारीलाई सरकारले तत्काल पक्राउ गरी कडा कारबाही गरोस् र पीडितलाई न्याय मिलोस् ।’

सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक मिलन श्रेष्ठले न्यायको निस्पक्ष छानविन गर्ने निकायका पदाधिकारीबाट नै न्यायको पहुँचमा पुग्न पीडितलाई अवरोध भएको आरोप लगाए ।

आवाज संस्थाकी पवित्रा शाहीले देशका विभिन्न ठाउँमा महिलामाथि वलात्कारलगायतका हिंसा बढ्दै जानु देशको शान्ति र सुरक्षामा सरकारको चासो नभएको आरोप लगाइन् । उनले सरकारले देशभरमा हुने यस्ता घटनालाई चाँडो भन्दा चाँडो नियन्त्रणमा लिनुपर्ने माग गरिन् । 

सरकाले प्रत्येक महिलाको स्वतन्त्रता, सुरक्षा र मर्यादाको सुनिश्चित गर्नुपर्ने, महिलाविरुद्ध हुने हिंसाप्रति संवेदनशील भएर यौन हिंसाका घटनामा शुन्य सहनशीलता अपनाउनुपर्ने, अपराधीलाई उम्किने वातावरण सिर्जना हुन नहुने, कानूनी शासन र विधिको शासन प्रत्याभूत गराउनुपर्ने लगायतका मागहरु ध्यानाकर्षण पत्रमार्फत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्