३० जेठ २०८३, शनिबार

मुख्यमन्त्रीज्यू, वेश्यावृत्तिलाई वैधानिकता दिएर कम हुँदैन बलात्कार

असोज २, २०७५
मुख्यमन्त्रीज्यू, वेश्यावृत्तिलाई वैधानिकता दिएर कम हुँदैन बलात्कार

गएको भदौ ३१ गते मैले प्रतिनिधिसभाको विशेष समयमा देशमा देखिएको चिच्याहट र सन्नाटाको विषयमा बोलें । चिच्याहट महिलाहरूको छ । हाम्रो देशमा दिनहुँजसो बच्चादेखि वृद्ध महिलासम्म बलात्कृत भएको समाचार पढ्नुपर्ने बाध्यता छ ।

सम्पूर्ण अधिकारकर्मी एवं न्यायप्रेमीहरू बलात्कारीले कडा सजाय पाउनुपर्छ भनेर कराइरहेका छन् । सडकदेखि सदनसम्म यसको चर्चा व्याप्त छ । तर नेपालको न्याय क्षेत्रमा सन्नाटा देखिन्छ । बलात्कारका घटनाको अर्थपूर्ण अनुसन्धान समेत गरिँदैन भने पीडकले सजाय पाउनु परको कुरा ।

महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारको घटनाले राज्यको नियतीलाई प्रस्ट रूपमा चित्रित गरेको छ । आमजनताले निर्मलालाई न्याय दिलाउन शान्तिपूर्ण आन्दोलन गर्दा १४ वर्षीय विद्यार्थीको छातीमा गोली हानिन्छ ।

पीडितकी आमा प्रहरीमा न्यायका लागि हारगुहार गर्न जाँदा अहिले राति भो भोलि खोजिदिउँला भनियो ।

सुरक्षा निकायका प्रमुखलगायत कर्मचारीहरू निलम्बनमा पर्नुले आफैँ धेरै गुत्थीलाई सुल्झाइरहेको छ । निलम्बन सानोतिनो आरोपमा गरिँदैन ।

यो घटनाको छानबिन यथेष्ट रूपमा नहुनु र पीडितले समयमा न्याय नपाउनु सरकारको असफलता मात्र होइन, अपराधिक घटना ढाकछोप गर्नु अपराधलाई सघाउनु पनि हो । सुनकाण्ड जस्ता संगीन अपराधलाई जसरी अहिलेको सरकारले ढाकछोप गर्‍यो यसले के पनि प्रस्ट पार्छ भने सरकार र तस्कर वा अपराधी बीचको सम्बन्ध सुमधुर छ । 

थाहा छैन, मुख्यमन्त्रीजीले नैतिकताको कुन धरातलमा उभिएर त्यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन भ्याउनुभयो ? यस्तो अभिव्यक्ति दिने मुख्यमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिकता प्रकट गर्नुपर्छ । 

त्यसैगरी महोत्तरीको औरही नगरपालिकामा आठ महिने बालिकाको बलात्कार र हत्याले सबैलाई अचम्मित बनाएको छ । उक्त घटनाको छानबिन अहिलेसम्म नहुनु दुखद् छ । हामी यति धेरै पिछडिएका छौं कि आफूसँग भएको साधन समेतको सदुपयोग गर्न असमर्थ छौं । ठाउँठाउँमा प्रहरी चौकी छन् । ती चौकीहरू जनताकै सुरक्षाका लागि त स्थापना भएका होलान् नि !

देशमा अहिले भइरहेको बलात्कार एवं आपराधिक घटनाले आमजनता आजित भइसकेका छन् ।

यसैबीच एकदिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वेश्यावृत्तिलाई कानूनी रूपमा सञ्चालनमा ल्याइयो भने बलात्कारका घटना पनि कम हुन्छन् र त्यसबाट कर उठाउँदा देशको आर्थिक विकासमा पनि टेवा पुग्छ, भन्नुभयो ।

थाहा छैन, मुख्यमन्त्रीजीले नैतिकताको कुन धरातलमा उभिएर त्यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन भ्याउनुभयो ? जुन देशमा नारीलाई सीता र भृकुटीको आँखाबाट हेरिन्छ त्यही देशमा वेश्यावृत्तिलाई वैधानिकता दिने कुरा कसरी शोभनीय हुन्छ ? यस्तो अभिव्यक्ति दिने मुख्यमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिकता प्रकट गर्नुपर्छ ।

मुख्यमन्त्रीको अभिव्यक्तिको समर्थन गर्नेहरूले भन्ने गरेका छन्, अमेरिका, युरोपमा त यस्तो व्यवस्था छ । म मान्छु यो दलिललाई । साथसाथै दलिल अर्को पनि छ, ती देशहरूमा राज्य जिम्मेवार छन् । आफ्ना नागरिकलाई चाहिएको ‘सिटामोल’को जोहो पनि राज्यले नै गरेको हुन्छ । शिक्षादिक्षा आफ्ना नागरिकलाई दिनुलगायत समाजिक सुरक्षाको जिम्मेवारी पनि राज्यकै हुन्छ । सभ्यताको हिसाबले उनीहरू हामीभन्दा निकै अगाडि पुगिसकेका छन् ।

संविधान, कानून एवं नेपाल पक्षराष्ट्र भएको कानूनमा संशोधन गरी बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्छ

हामीले शिक्षाको स्तरोन्नतिमा ध्यान पुर्‍याउनुपर्छ । मादक पदार्थ सेवनमा लगाम लगाउन सक्नुपर्छ । घरेलु तथा सामाजिक हिंसाविरुद्ध जनचेतना फैलाउनुपर्छ । खासगरी बलात्कारका घटनालाई निस्तेज पार्नुपर्छ । 

कानूनी प्रावधानमा समेत सुधारको खाँचो छ । नेपालको संविधानले नै मृत्युदण्डको व्यवस्था गरेको छैन । मानव अधिकारको दृष्टिकोणले यो सही होला । तर मृत्युदण्डको व्यवस्था नहुनुले नै हाम्रो देशमा अपराधिक मानसिकता भएकाहरूको मनोबलले मलजल पाएको छ ।

हुन त भारतमा फाँसी भएर पनि बलात्कारका घटना भइ नै रहेका छन् । यद्यपि बलात्कारका मुद्दालाई ‘फास्ट ट्र्याक’ को माध्यबाट अदालतमा अगाडि बढाउने र अपराधीको उमेरअनुसार फाँसी सहितको कानून निर्माणले घटनाको ग्राफमा कमी ल्याएको छ । 

नेपालमा पनि यस्ता घटनाप्रति गम्भीर हुनु आवश्यक छ । संविधान, कानून एवं नेपाल पक्षराष्ट्र भएको कानूनमा संशोधन गरी बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्छ । देशका हरेक नागरिक यसविरुद्ध एकजुट भई अहिले देखिएको उदेकलाग्दो अवस्थाबाट मुक्तिको लडाईंमा होमिनुपर्छ ।

सरकार पक्षधर त अझ बढी गम्भीर हुनु आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टीका महिला नेत्रीहरूले दलभन्दा माथि सोच्दै महिला हिंसा र बलात्कारका घटनाविरुद्ध आवाज बलियो बनाउनुपर्छ र जिम्मेवार नेताहरूले महिला मुद्दाबारे कुनै अभिव्यक्ति दिँदा महिला सम्मान एवं स्वाभिमानलाई मध्यनजर गर्दै बोल्दा राम्रो हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्